साताको पहिलो दिन नै शेयरबजारमा गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ ।
आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको छ । नेप्से परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ । तर, फ्लोट इण्डेक्स १.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंक घटेको छ ।
आइतबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका १३ उपससमूहमध्ये ८ उपसमूहको परिसूचक गिरावट आएको छ भने ५ उपसमूहको परिसूचक भने बढेको छ । जसमध्ये अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने र्निजीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक थोरै मात्रै बढेको छ ।
यता वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी २.७७ प्रतिशत घटेको छ । व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
आइतबार नेप्से परिसूचक ओरालो लागेपनि दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर रहेका छन् ।
त्यस्तै, मैलुङ्ग खोला जलविद्युत कम्पनी, ग्लोबल आइएमई बैंक, ज्योति लाइफ र सानिमा लाइफको शेयरमूल्य बढेको छ । तर आज सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य भने सबैभन्दा बढीले घटेको छ ।
आइतबार कारोबार रकमका आधारमा ३२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । त्यस्तै अपि पावरको १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
प्रतिक्रिया