बारागाउँकी एक किशोरी भीरबाट लडेर मृत्यु
मेरोन्यूज
२०७८ माघ ९ गते १८:४२

जुम्ला । जुम्लामा एक किशोरीको भीरबाट लडेर ज्यान गएको छ । जुम्लाको तातोपानी गाउँपालिका–७ बारागाउँ निवासी १८ वर्षीया सविता रावतको लडेर मृत्यु भएको हो ।
उनको आइतबार बिहान मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकी नर्सिङ निर्देशक सविना थापाका अनुसार आईसियूमा उचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो ।
भीरबाट लडेर बेहोस अवस्थामा उनलाई शुक्रबार राति प्रतिष्ठानमा पु¥याइएको थियो । उनले होस् नआएर मृत्यु भएको हो ।
मृतकका आफन्त धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी कोर्न गएको समयमा भीरबाट लडेर घाइते भएको बताए । मृतक किशोरी चन्दननाथ नमुना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन थिइन् ।
यता अस्पताल प्रहरीका अनुसार आफन्तले मृतक किशोरीको अन्तिम संस्कार गरिएको बताइएको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया