कुश्मा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द
मेरोन्यूज
२०७८ माघ ९ गते २१:२८

काठमाडौं । जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको भन्दै पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
कुश्मा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरिएको हो ।
कुश्मा नगरपालिका सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट उक्त निर्णय गरेको हो । नगरपालिकाले वडा तथा नगरपालिकाको कार्यालयबाट लिनुपर्ने अत्यावश्यक सेवा बाहेक अन्य सेवाका लागि नआउन आग्रह गरेको छ ।
अत्यावश्यक सेवा लिनका लागि पनि जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
सम्बन्धित
















गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
HoR election: 12 former ministers in fray in Sudurpaschim Province
कांग्रेस सभापति गगन थापा सर्लाहीमा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया