प्रश्नपत्र बाहिरिएकोबारे चिकित्सा शिक्षा आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा काठमाडौं उपत्यकासहित देशका अन्य चार स्थानका परीक्षा केन्द्रहरुमा मर्यादित र व्यवस्थित रुपमा भइरहेको भन्दै प्रश्नपत्र बाहिरिएको भ्रामक प्रचारप्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘परीक्षा जारी रहेको अवस्थामा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’ चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा भोजराज शर्मा काफ्लेले एक सूचना जारी गर्दै भनेका छन्, ’ यसरी भ्रामक विषयवस्तु सञ्चार गर्नेप्रति आयोग आफैं र केन्द्रीय अनुसन्धान ब्यूरो व्यवस्थित रुपमा अनुसन्धानमा संलग्न भइरहेको छ ।’
यसै क्रममा परीक्षामा अमर्यादित कार्य गर्न प्रयास गरेका दुई परीक्षा केन्द्रका तीन जनालाई आयोग र केन्द्रीय अनुसन्धान व्यूरोको संयुक्त प्रयासमा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन केन्द्रीय अनुसन्धान व्यूरोलाई अनुरोध गरिसकिएको आयोगले जनाएको छ ।
प्रश्नपत्रको गोपनियता र व्यवस्थापनमा सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरिएकोबारे विश्वस्त गराउन चाहेको आयोगले जनाएको छ ।
परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक सूचना तथा जानकारीबाट पर्नसक्ने गम्भीर असरप्रति सम्बन्धित सबै सजग रहन आयोगले अनुरोध गरेको छ । माघ १० गतेको परीक्षा पूर्व निर्धारित कार्यक्रम अनुसार नै सञ्चालन हुने आयोगले जनाएको छ ।













मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया