प्रश्नपत्र बाहिरिएकोबारे चिकित्सा शिक्षा आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा काठमाडौं उपत्यकासहित देशका अन्य चार स्थानका परीक्षा केन्द्रहरुमा मर्यादित र व्यवस्थित रुपमा भइरहेको भन्दै प्रश्नपत्र बाहिरिएको भ्रामक प्रचारप्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘परीक्षा जारी रहेको अवस्थामा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’ चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा भोजराज शर्मा काफ्लेले एक सूचना जारी गर्दै भनेका छन्, ’ यसरी भ्रामक विषयवस्तु सञ्चार गर्नेप्रति आयोग आफैं र केन्द्रीय अनुसन्धान ब्यूरो व्यवस्थित रुपमा अनुसन्धानमा संलग्न भइरहेको छ ।’
यसै क्रममा परीक्षामा अमर्यादित कार्य गर्न प्रयास गरेका दुई परीक्षा केन्द्रका तीन जनालाई आयोग र केन्द्रीय अनुसन्धान व्यूरोको संयुक्त प्रयासमा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन केन्द्रीय अनुसन्धान व्यूरोलाई अनुरोध गरिसकिएको आयोगले जनाएको छ ।
प्रश्नपत्रको गोपनियता र व्यवस्थापनमा सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरिएकोबारे विश्वस्त गराउन चाहेको आयोगले जनाएको छ ।
परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक सूचना तथा जानकारीबाट पर्नसक्ने गम्भीर असरप्रति सम्बन्धित सबै सजग रहन आयोगले अनुरोध गरेको छ । माघ १० गतेको परीक्षा पूर्व निर्धारित कार्यक्रम अनुसार नै सञ्चालन हुने आयोगले जनाएको छ ।
















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया