यी ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै पटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डले जाल्पा लघुवित्तले ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपालले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको जनाएको छ।
यसैगरी, बलेफी हाइड्रोपावरलाई ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेञ्चरलाई ६२ लाख ५० हजार कित्ता, नेष्डो लघुवित्तलाई ८ लाख २५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ ।
ग्रिन भेन्चरको लक्ष्मी क्यापिटल र जालपा सामुदायिक लघुवित्तको प्रभु क्यापिटल रहेको छ। भने लेफी हाइड्रोपावर र नेष्डो समृद्धि लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ।
राष्ट्र उत्थान लघुवित्त एनआईविएल एस क्यापिटल र इमर्जिङ नेपालको एनआईसी एशिया क्यापिटल शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।हाल धितोपत्र बोर्डमा यी ६ सहित ३१ कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा छन्।















अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया