यी ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै पटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डले जाल्पा लघुवित्तले ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपालले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको जनाएको छ।
यसैगरी, बलेफी हाइड्रोपावरलाई ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेञ्चरलाई ६२ लाख ५० हजार कित्ता, नेष्डो लघुवित्तलाई ८ लाख २५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ ।
ग्रिन भेन्चरको लक्ष्मी क्यापिटल र जालपा सामुदायिक लघुवित्तको प्रभु क्यापिटल रहेको छ। भने लेफी हाइड्रोपावर र नेष्डो समृद्धि लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ।
राष्ट्र उत्थान लघुवित्त एनआईविएल एस क्यापिटल र इमर्जिङ नेपालको एनआईसी एशिया क्यापिटल शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।हाल धितोपत्र बोर्डमा यी ६ सहित ३१ कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा छन्।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया