१६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला

धनकुटा । गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका–४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ ।
घरको भुइँतलामा पुरेको अवस्थामा सोमबार शव फेला परेको हो ।
शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए । सीता हराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए ।
उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खोजतलाश गरे पनि फेला पार्न सकेको थिएन । लामो समयसम्म घटनाको विषयमा प्रहरीले केही पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आरोप थियो।
सीताको हत्या घरायसी विवादको क्रममा उनकै श्रीमान सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए ।
श्रीमती हत्या गरी घरभित्र शव पुरेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट पक्राउ गरी धनकुटा ल्याएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ताको तयारी गरेको प्रहरीले जनाएको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया