बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द

म्याग्दी । स्तरोन्नतिका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड सोमवारदेखि दैनिक ६ घण्टा बन्द हुन थालेको छ ।
राष्ट्रिय गौरवको उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नं २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न थालिएको छ ।
सडकमा यातायात सञ्चालन हुने समयतालिका लागू भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका र मुस्ताङका बासिन्दा, तीर्थयात्री, पर्यटक र व्यवसायी प्रभावित भएका छन् ।
आयोजना प्रमुख जगत प्रजापतिले यही माघ २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ देखि ४ बजेसम्म यातायात सेवा बन्द गरेर विस्तार र निर्माणको काम गर्न समयतालिका तय गरिएको जानकारी दिए ।
महभिर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा विस्तार एवम् स्तरोन्नतिका लागि समय तालिका बनाएको उनले बताए ।
विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा हाल निर्माण भइरहेको छ ।
हालसम्म मुस्ताङको ६ खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत छ । महभिर र नौनीबगर खण्डमा ११ मिटर सडक बनाएर कालोपत्र गर्न शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको थियो ।
उन्नाइस किलोमिटर दूरीको म्याग्दीको गलेश्वर–नारच्याङ खण्डको गलेश्वर र राहुघाटदेखि बेगखोलासम्मको ६ किलोमिटर सडकमा गत जेठमा डिबिएसडी प्रविधिको कालोपत्र सुरु भएको थियो ।
बेगखोलादेखि नारच्याङ पुलसम्मको अधिकांश भागमा पनि विस्तार, पर्खाल र नाली निर्माणको काम सकिएको छ । आगामी चैत महिनाभित्र कालोपत्र गर्ने तयारीसहित कतिपय ठाउँमा सब बेस राखिएको छ ।
















काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया