शुक्रबार, पुष ११, २०८२

करेन्ट लागेर वृद्धको मृत्यु

मेरोन्यूज २०७८ माघ १० गते २०:०९

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–८ मा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७० वर्षीय दलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अजम्बरी वनमा रहेको विद्युत्को पोलमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

बिहान घाँस काट्नका लागि वनमा गएका रानाले विद्युत् सर्ट भएको पोलमा छुँदा घटना घटेको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया