तपाईको कागज कुन ट्राफिक कार्यालयमा छ ? यसरी पत्ता लगाउनुस्
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र कारवाहीमा परी आवश्यक कागजात खिचिएको अवस्थामा आफ्नो कागजात कुन कार्यालयमा पुगेको छ भन्ने थाह पाउन डकुमेण्ट ट्रयाकिङ सिष्टम प्रयोग गर्न आग्रह गरेको छ ।
सो ट्याकिङ सिष्टम प्रयोग गर्दा एसएमएस गर्नुपर्ने र एसएमएस गरेको केही समयमै त्यसको जानकारी दिने पनि ट्राफिक प्रहरीले जनाएको छ । ‘काठमाडौ उपत्यकाभित्रका ललितपुर, भक्तपुर, काठमाडौका कुन ट्राफिक प्रहरी कार्यालयमा आफ्नो कागज रहेको छ भन्ने जानकारी दिन्छ’, महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी उमेशराज जोशीले भने ।
उनका अनुसार प्रयोगकर्ताले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर इचालेन टाइप गरी एक स्पेश छाडेर आर्थिक वर्ष र चिट नम्बर लेखी ३४००१ म एसएमएस पठाउने पर्नेछ । सो म्यासेज पठाएको केही समयमा ट्राफिक प्रहरीले खिचिएको कागजपत्र कुन कार्यालयमा पुगेको छ भनेर एसएमएस मार्फत नै जानकारी दिनेछ ।
ट्राफिक प्रहरीले चिट काटेको केही समयपछि मात्रै डकुमेण्ट ट्रयाकिङ सिष्टम सक्रिय हुनेछ ।
यसैगरी ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौँ उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको छ ।
यस अघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भैँसकेको र सोमबारदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटी “प्रभु–पेको किअस्क मेसिन” उद्घाटन गरेका थिए ।
ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा विस्तार गरिएको एसएसपी जोशीले बताएका छन् ।

















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया