वेहुला चढ्ने रथले किचेर बारामा २ जनाको मृत्यु, १६ घाइते
मेरोन्यूज
२०७८ माघ ११ गते ६:२५

बारा । विवाहमा वेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर बारामा सोमबार राति २ जनाको मृत्यु भएको छ । अरु थप १६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका -७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल-७ की १६ वर्षीया निलम कुमारी राम छिन् ।
बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार घाइतेहरूको कलैया अस्पतालमा उपचार भइरहेको छ । आदर्शकोतवालका सियाराम महराको घरबाट बेहुला लिएर निस्कन लागेको रथ अनियन्त्रित भई दुर्घटना भएको हो ।
स्थानीयहरूका अनुसार उक्त रथमा बेहुला चढ्नुअघि नै दुर्घटना भएको थियो ।
सम्बन्धित
















काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया