काठमाडौं आएलगत्तै अनन्तको दौडधुप शुरु, विहानै प्रचण्ड निवासमा

काठमाडौं । चीनको सेनजेन र थाइल्यान्डको बैंककमा गरी झण्डै ९८ दिन उपचार गरी सोमबार मात्रै स्वदेश फर्केका माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन (अनन्त) मंगलवार विहानै प्रचण्ड भेटन खुमलटार पुगेका छन् । प्रचण्ड निवासमा उनी पत्नी ओनसरी घर्ती सहित उनी प्रचण्ड भेटन पुगेका हुन् ।
उनी माओवादी केन्द्रको महासचिवका आकाक्षी छन् । पार्टीको आठौं महाधिवेशनमा समेत सहभागी हुन नपाएका उनी सोमबार हिमालयन एयरलाइन्सको कार्गो विमान वाट स्वदेश फर्किएका थिए ।
स्वदेश फर्केपछि उनले आफु सहमितमै पार्टीको पदाधिकारी चयन हुनेमा विश्वस्त रहेको तर प्रतिस्पर्धा भए स्वभाविक रुपमा महासचिवको उम्मेदवार रहेको बताएका थिए ।
माओवादी केन्द्रमा महासचिवका आकाक्षीहरु वढेका कारण पदाधिकारी चयन हुन सकेको छैन । माओवादीमा पुन र जर्नादन शर्मा महासचिवमा वलियो प्रतिस्पर्धी हुन् । तर उनीहरुसँगै प्रभावशाली नेतृ पम्फा भुसाल पनि महासचिवकै दावी गरिरहेकी छिन् । माओवादी केन्द्रको अव माघ २७ गते केन्द्रीय समितिको बैठक बोलाईएको छ । पुनले आफु पनि सहभागी हुन चाहेको बताएपछि पुस २५ मा सम्पन्न भएको केन्द्रीय समिति वैठकले पदाधिकारी चयन गर्न सकेको थिएन ।
अव २७ माघमा बस्ने माओवादी केन्द्रको बैठकले पार्टीको पदाधिकारी चयन गर्ने देखि केन्द्रीय समितिलाई पूर्णता दिने र नेताहरुको कार्यविभाजन समेत गर्ने कार्यसूची छ ।












फागुन २१ गतेको निर्वाचन कांग्रेसको पहिलो प्राथमिकता : सभापति देउवा
सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया