हिमपातका कारण सिमकाेटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे
मेरोन्यूज
२०७८ माघ ११ गते १२:१०

सिमकोट । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा दुईदेखि रोकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् । हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए ।
आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लो कुइरो लागेपछि कुनै पनि विमान कम्पनीलेले नियमित उडान गरेका थियनन् ।
सडक सन्जालमा नजोडिएको हुम्लामा नेपालगञ्ज, सुर्खेतबाट उडानमार्फत नै उपभोग्य सामानहरू चामल, नुन ढुवानी हुन्छ । हिमपात सुरू भएपिछ यहाँ यस्ता सामग्री ढुवानी समेत रोकिएको थियो । मंगलबारबाट अन्य विमान कम्पनीले पनि नियमित उडान थालेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।
सम्बन्धित














थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया