हिमपातका कारण सिमकाेटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे
मेरोन्यूज
२०७८ माघ ११ गते १२:१०

सिमकोट । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा दुईदेखि रोकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् । हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए ।
आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लो कुइरो लागेपछि कुनै पनि विमान कम्पनीलेले नियमित उडान गरेका थियनन् ।
सडक सन्जालमा नजोडिएको हुम्लामा नेपालगञ्ज, सुर्खेतबाट उडानमार्फत नै उपभोग्य सामानहरू चामल, नुन ढुवानी हुन्छ । हिमपात सुरू भएपिछ यहाँ यस्ता सामग्री ढुवानी समेत रोकिएको थियो । मंगलबारबाट अन्य विमान कम्पनीले पनि नियमित उडान थालेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।
सम्बन्धित
















राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया