गैंडा मृत्यु छानबिन गर्न गठित कार्यदलले १० दिनमा प्रतिवेदन दिने

चितवन । निर्माणाधीन छ लेनको गोन्द्राङ–पुलचोक सडकमा बनाइएको नालीमा फसेर गैंडाको मृत्यु भएपछि सरकारले त्यसको छानबिन गर्न कार्यदल गठन गरेको छ ।
चितवनको टिकौली जंगल नजिकै सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर आइतबार एउटा भाले गैंडाको मृत्यु भएको थियो ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा सडक विस्तारको क्रममा खनिएको खाल्डोमा फसेर दुर्लभ एकसिंगे गैंडा मरेपछि वन तथा वातावरण मन्त्रालयले घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
मंगलबारको मन्त्रिस्तरीय निर्णयबाट १० दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्ने गरी पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।
वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी जनाएको हो ।
कार्यदलको सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरंक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत पदमराज नेपाल रहेका छन् ।
कार्यदलले स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्नेछ ।
त्यस्तै, सडक निर्माण गर्दा भएको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको अवस्था, सडक निर्माणका क्रममा को कसको कस्तो जिम्मेवारी, गैंडाको मृत्यु हुनेगरी भएको लापरबाहीको को जिम्मेवारी र कारबाही गर्नुपर्ने भए सोको राय सहितको सुझाव पेस गर्न कार्यदललाई भनिएको छ ।












नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
सरकारका प्रवक्ताले भेटे देउवा, ओली र प्रचण्ड, के-के भयाे कुराकानी ?
रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया