बुधबारदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार प्रणाली

काठमाडौं । सरकारले भोलि (बुधबार) देखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गर्ने भएको छ ।
विदेशबाट बस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्न्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरुमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्न लागेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए ।
उनले ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्न लागेको जानकारी दिए ।
महानिर्देशक सापकोटाले भन्सार विभागले भन्सार नाकामा व्यापारलाई सहजिकरण गर्ने काम गरिरहेकाले यसलाई थप व्यवस्थित बनाउनको लागि पूर्णरुपमा अनलाइन प्रणाली लागू गर्न लागेको बताए ।
भन्सारमा एकद्वार प्रणाली लागू भएसँगै भन्सारमा व्यवसायीहरुले भोग्दै आएका झनझट मुक्त हुने उनको भनाई छ । भन्सार विभागले व्यापारलाई सहजिकरण मात्रै नभएर निर्यातलाई प्रर्वद्धन समेत गर्दै आएको भन्दै उनले निजी क्षेत्रको माग अनुसार निर्यात प्रर्वद्धन गर्नको लागि नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइनको व्यवस्था आवश्यक रहेको बताए ।
उनले व्यवसायीले भने जस्तो भन्सारमा आयात भएको बस्तुको मूल्याङ्कन हचुवाको भरमा नभएको बताए ।
भन्सारले राजश्व उठाउने मात्रै नभएर भन्सार सहजिकरणलाई व्यवस्थित गर्ने काम गर्ने बताए ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनीले भन्सार विभागले लागू गरेको अनलाइन प्रणाली भन्सार सुधारको कोषे ढुङगा सावित हुने बताए ।
उनले सरकारले भन्सारमा व्यवसायीहरुले भोग्दै आएको विभिन्न झमेला कम गर्नकै लागि भन्सारमा एकद्वार प्रणाली लागू गरिएको बताए ।
सरकार भन्सारमा व्यापारलाई सहजिकरण गर्ने काममा कुनै कमि नगर्ने पक्षमा रहेको मरासीनीले बताए ।
सचिव मरासीनीले अहिले बाहिर मिडियामा आए जस्तो मुलुकको अर्थतन्त्र संकटमा नभएको पनि उल्लेख गरे ।
उनले राष्ट्र बंैकमार्फत् एलसीमा सतप्रतिशत मार्जिनको व्यवस्था गर्नु सरकारको रहर नभएर बाध्यता भएको बताए । अर्थमन्त्रालय र राष्ट्र बैंक नियमन तथा नियन्त्रण गर्ने निकाय भएको भन्दै उनले अहिले एलसीमा सतप्रतिशत मार्जिनको व्यवस्था गर्नु नियमन मात्रै भएको बताए । मरासीनीले व्यापारलाई संधै स्वतन्त्र रुपमा पनि छाड्न नहुने उल्लेख गरे ।
यता, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सारलाई डिजिटल कारोबारको साथै व्यापार सहजिकरण गर्नु पर्ने बताए ।
उनले भन्सारमा आयातलाई नियन्त्रण नभएर व्यवस्थित गर्नुपर्ने बताए । सरकारले नीजि क्षेत्रको सहकार्यमा अब निर्यातलाई पर्वद्धन गरेर मुलुकलाई आत्मनिर्भर र उद्यमशिल बनाउने गरी काम गर्नु उनको भनाई छ ।
त्यस्तै नेपाल चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारमा रहेको दरबन्दी घटाउनु पर्नेमा जोड दिए । उनले भन्सार दरबन्दी नघट्नासम्म सतप्रतिशत भ्याट दिन नसकिने बताए ।
राष्ट्र बैंकले पछिल्लो पटक आयातको लागि एलसी खोल्नको लागि सतप्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्थाले तीन महिनापछि राजश्वमा प्रभाव पार्ने श्रेष्ठले बताए ।
उनले राष्ट्र बैंकको यो व्यवस्था व्यवसायी नभएर बैंकहरुलाई पोस्ने काममात्रै भएको आरोप लगाए ।
बैंकहरुले नाफा खाने भन्दा पनि व्यवसायीहरुलाई सहजिकरण गर्नु पर्ने उनको भनाई छ ।
अध्यक्ष श्रेष्ठले भन्सार कार्यालयमा सरकारले अनलाइन प्रणाली सुरुवात गरे पनि बैंकिङ कारोबार डिजिटल नभएको स्मरण गराए ।

















Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
प्रतिक्रिया