शुक्रबार, पुष ११, २०८२

राष्ट्रियसभा निर्वाचन: कर्णालीमा गठबन्धनको पक्षमा मत दिन ह्वीप

मेरोन्यूज २०७८ माघ ११ गते २०:०२

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशका तीन नेताले गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

बुधबार हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस सहित गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न उनीहरुले आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस दैलेखका निवर्तमान सभापति कृष्णकुमार विसी, जुम्ला कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्रबहादुर शाही र नेता भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई मत दिन कर्णाली प्रदेशसभा, नगरपालिका, गाउँपालिकाका प्रतिनिधिहरुलाई आग्रह गरेका हुन् ।

प्रतिक्रिया