भेरी नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता
मेरोन्यूज
२०७८ माघ ११ गते २०:४२

जाजरकोट । छेडागाड नगरपालिका–१३ दमाचौरमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।
भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सञ्चार शाखाले जानकारी दिएको छ ।
सञ्चार शाखाका अनुसार अन्दाजी सडकबाट ५५ मिटर तल भेरी नदीमा ट्याक्टर खसेको थियो । सोमबार बेलुकी साढे ६ बजेतिर ट्याक्टर दुर्घटनामा परेको शाखाको भनाई छ । स्थानीयका अनुसार सडकबाट ट्याक्टर खसेको थियो ।
ट्याक्टर धनीका अनुसार ट्याक्टरमा चालक र सहचालक सवार रहेका थिए । चालक र सहचालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घटनाका विषयमा प्रहरी टोली सोही ठाउँमा खटिई अनुसन्धान गरिरहेको छ । यो समाचार तयार पार्दासम्म कुनै जानकारी नआएको सूचना शाखाले जनाएको छ ।
सम्बन्धित

















झापाबाट लागुऔषधसहित सात जना पक्राउ
Tractor hits man to death
One dies in motorcycle accident
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया