प्रदेशमन्त्री खड्काले भने– सबै जिल्लामा आइसीयू र भेन्टिलेटर सञ्चालन हुन्छन्

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्रदेशका सबै जिल्लामा केही दिन भित्रै आइसीयू र भेन्टिलेटर सञ्चालन आउने बताएका छन् ।
दक्षिण एशियाली पत्रकार महिला सञ्चाल (स्वाम) नेपाल र सहयोग केअरद्वारा मंगलबार धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पहाडका सबै जिल्लामा आइसीयू र भेन्टिलेटर सञ्चालन गर्न एक जना डाक्टर र एक जना स्टापनर्सलाई तालिम दिइरहेको बताए ।
‘सेती प्रादेशिक अस्पतालमा १० थान, महाकाली अस्पतालमा पाँच थान र टीकापुर अस्पतालमा तीन थान गरेर १८ वटा डाइलासिस मेसिनहरु किनिसकेका छाँै,’ उनले भने, ‘केही दिन भित्रै जडानको कामलाई अगाडि बढाउछौँ ।’
मन्त्री खड्काले महाकालीमा भौतिक संरचना बन्दै गरेको, सेतीमा पुरानो कोभिडको आइसीयू भवनमा नै जडान गर्ने र टीकापुरमा पनि पुरानो कोभिड भवनमै आइसीयू जडान गर्ने तयारी भइरहेको जानकारी दिए ।
महाकाली अस्पतालमा १५ वटा आइसीयु सञ्चालनमा ल्याउने गरि तयारी गरेको उनको भनाइ छ । सेती र र महाकालीमा एक सय बेडको कोरोना अस्पताल, टीकापुरमा ५० बेडको कोरोना अस्पाताल र पहाडका सबै जिल्लामा १० बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको उनले दावी गरे ।
प्रदेशका सबै अस्पतालहरुमा अक्सिजन पलान्ट जडान गरेका छौ उनले भने डोटी र अछाममा अलि पढिलाइ भएको छ सामान आइसकेको छ त्यस लाई जडान गर्न अलि ढिलाइ भएको छ बाँकी सबै जिल्लामा अक्सिजन पलान्टहरु जडान भएर सञ्चालनमा आइसकेको अवस्था हो ।
विगतमा अक्सिजनको अभावलाई मध्य नजर गरेर अहिले प्रदेशमा अक्सिजन बैक समेत स्थापना गरेको उनले बताए । साढे तीनह हजार भन्दा माथि सिलीन्डरहरु बैकमा मौजात रहेको उनको भनाइ छ ।
सात सयको हाराहारीमा कन्सिलेटरहरु बैकमा रहेको उनले बताए ।यस्तै मन्त्री खड्काले पुस मसान्तसम्म प्रदेशका १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई सतप्रतिशत खोप लगाउने अभियान सञ्चालन गरिएको भएपनि लक्ष्य अनुसार खोप दिन नसकेको बताए । ‘६६ प्रतिशत खोप लगाउने लक्ष्य हो, ’उनले भने, ‘हिजोका दिनसम्म आइपुग्दा ६१ प्रतिशत मात्रै खोप लगाएका छौँ ।’ उनले अहिले प्रदेशका सबै जिल्लामा बुस्टर डोज अभियान सञ्चालन गरेको उनले बताए ।
प्रदेशका सीमा नाकाहरुलाई पनि व्यवस्थित गरिरहेको गरिएको र परीक्षणका क्रममा संक्रमित पुष्टि भए होल्डिङ सेन्टरमा लैजाने कार्य भइरहेको उनले बताए । उनले कैलाली र कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको क्रममा रहेकोसमेत बताए ।
मन्त्री खड्काले मास्क अभियान पनि सञ्चालन गरेको भएपनि प्रभावकारी हुन नसकिरहेको बताए । यद्यपि उनले स्वास्थ्यको क्षेत्रमा अरु प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेश एक नम्बरमा रहेको दाबी गरे ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले कोरोनासंग सम्बन्धित कुनै पनि समाचार लेख्दा पुष्टि गरेर मात्रै समाचार लेख्नुपर्न बताए । गलत समाचारले नकारात्मक सन्देश जानसक्ने कुरामा सचेत हुनुपर्ने बताए ।
दक्षिण एशियाली पत्रकार महिला सञ्चाल (स्वाम) नेपाल की अध्यक्ष निर्मला शर्माले यस प्रदेशबाट यो कार्यक्रमको सुरुवात गरेको उनले बताइन् ।
कोभिडबाट कसरी बचेर काम गर्न भन्ने उद्देश्यका साथ यो कार्यक्रमम सञ्चालन गरिएको उनको भनाइ छ । नेपाल विश्वमा नै खोप लगाउनमा अगाडि रहेको उनले बताइन् ।
पत्रकार हरिकला अधिकारीले कार्यक्रममा प्रशिक्षण दिइएकी थिइन् ।











प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया