कोभिड भएका कर्मचारीले अब सात दिन मात्रै बिदा पाउने

काठमाडौं । कोभिड संक्रमणवाट विदामा रहेका कर्मचारीहरुको विदा कटौती भएको छ । पहिले कोभिड संक्रमित भएका कर्मचारीहरुले १४ दिन विदा पाउँदै आएको भएपनि अब देखि ७ दिनमात्र बिदा पाउने भएका छन् ।
मन्त्रिपरिषद्को बैठकले कर्मचारीहरुको कोभिड बिदा घटाएको हो ।
तर, कोभिड संक्रमण भई अस्पताल भर्ना भएकाको हकमा भने डिस्चार्ज भएको थप तीन दिनसम्म बिदा दिइनेछ । त्यसका लागि अस्पतालको सिफारिस र कार्यालय प्रमुखको तोक अनिवार्य चाहिने निर्णयमा छ । कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूले कोभिड परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्म बिदा पाउनेछन् । यसअघि कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीले चार दिन बिदा पाउँदै आएका थिए ।
मन्त्रिपरिषद्ले गरेको यो निर्णय अहिले सवै मन्त्रालयहरुमा परिपत्र गरिसकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले पनि सबै मन्त्रालय, सचिवालय, आयोग, प्रतिष्ठान, विभाग, ७७ वटै जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहमा परिपत्र गरेको छ । यो व्यवस्था सरकारी तथा अर्धसरकारी निकायमा लागू हुनेछ । त्यसका लागि कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने हुन्छ ।
















राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह
कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौं : सभापति लामिछाने
श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि
संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
दार्चुलामा गयाे भूकम्प
प्रतिक्रिया