सहाराविहीन लिम्बुनीलाई जीवनभरका लागि चामल सहयोग

तेह्रथुम । सहाराविहीन तेह्रथुम छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी श्रीहाङमा लिम्बुनीलाई सहयोग प्राप्त भएको छ । लिम्बुनी सहाराविहीन रहेको खबर सार्वजनिक भएपछि बेलायतबाट उनलाई जीवनभर चामल सहयोग गर्ने प्रतिबद्धता आएको हो ।
ताप्लेजुङको पक्ताङलुङ गाउँपालिका – ३ खेबेङमा जन्मेर हाल बेलायतमा रहदै आएका कलाकार मान तबेबुङ नाजमले लिम्बुनीलाई जीवनभर चामल सहयोग गर्ने भएका हुन् ।
याक्थुङ लिम्बु भाषा,लिपी,संस्कार संस्कृति संरक्षणमा चासो देखाउँदै आएका लिम्बु लामो समयदेखि दुस्खी पीडितलाई सहयोग गर्दै आएको बताउँछन् ।
उनले लिम्बु भाषाका तीन एल्बम र नेपाली भाषाको एउटा एल्बम निकालिसकेका छन् । उनी भन्छन्, ‘श्रीहाङमाको समाचार देखेपछि मन छोयो र र बुढीआमाले जीवनभर काम नगरी चामल खान पुगोस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेको हुँ ।’
श्रीहाङमा अविवाहित जेष्ठ नागरिक हुन् । उनी एक्लै बस्दै आएकी छिन् ।
















काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया