कोभिड पीडितलाई फलफूलका बिरुवा
मेरोन्यूज
२०७८ माघ १२ गते १४:००

खोटाङ । कोभिड–१९ बाट पीडितलाई लक्षित गर्दै इको हिमालले खोटाङको ऐंसेलुखर्क र रावाबेँसी गाउँपालिकामा हिउँदे फलफूलका बिरुवा बिक्री सुरु गरेको छ ।
कोभिड–१९ को महामारीका कारण रोजीरोटी गुमेको र विदेशबाट फर्किएका युवालाई लक्षित गर्दै इको हिमालले दुई गाउँपालिकामा सस्तो मूल्यमा स्याउ, नासपाती, आरु, ओखर, किवी, दन्ते ओखर, चुच्चे ओखर, खुर्पानी, बदामको विरुवा बिक्री सुरु गरेको हो ।
कोभिड राहत स्वरुप न्यूनतम प्रतिवटा ५० रुपैयाँका दरले फलफूलको बेर्ना बिक्री सुरु गरिएको इको हिमाल नेपालका कृषि अधिकृत सुमन पराजुलीले बताए ।
माघ मसान्त सम्ममा दुई गाउँपालिकामा आठ लाख २४ सय मूल्य बराबरको ११ हजार ४०० बेर्ना बिक्री गरिने इको हिमालले जनाएको छ ।
सम्बन्धित

















गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया