राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिममा मतदान सकियो, आजै मतगणना
मेरोन्यूज
२०७८ माघ १२ गते १४:३४

कैलाली । सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत मतदान सकिएको छ । बुधबार (आज) बिहान ९ बजेदेखि सुरु भएको मतदानमा २२७ मत खसेको छ । यो सतप्रतिशत मत हो ।
सहायक निर्वाचन अधिकृत प्रेम भट्टले प्रदेश सभा सदस्य ५२ र स्थानीय तहका १७५ जनाले नै मतदान गरिसकेका छन् । उनका अनुसार मतदान सकिएपछि अब मतगणना पनि सुरु हुनेछ । सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छ ।
नेकपा एमालेबाट खुलातर्फ डोटीका डिल्लीराज भट्ट, महिलातर्फ कैलालीकी सन्तोष शर्मा थापा र दलिततर्फ बैतडीका नरेश विक उम्मेदवार छन् ।
यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) उम्मेदवार छन् ।
सम्बन्धित
















आज बुद्ध जयन्ती (वैशाख शुक्ल पूर्णिमा) मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया