राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिममा मतदान सकियो, आजै मतगणना
मेरोन्यूज
२०७८ माघ १२ गते १४:३४

कैलाली । सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत मतदान सकिएको छ । बुधबार (आज) बिहान ९ बजेदेखि सुरु भएको मतदानमा २२७ मत खसेको छ । यो सतप्रतिशत मत हो ।
सहायक निर्वाचन अधिकृत प्रेम भट्टले प्रदेश सभा सदस्य ५२ र स्थानीय तहका १७५ जनाले नै मतदान गरिसकेका छन् । उनका अनुसार मतदान सकिएपछि अब मतगणना पनि सुरु हुनेछ । सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छ ।
नेकपा एमालेबाट खुलातर्फ डोटीका डिल्लीराज भट्ट, महिलातर्फ कैलालीकी सन्तोष शर्मा थापा र दलिततर्फ बैतडीका नरेश विक उम्मेदवार छन् ।
यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) उम्मेदवार छन् ।
सम्बन्धित











ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया