निरन्तर घट्दो क्रममा शेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिनको कारोबारमा पनि भारी गिरावट आएको छ ।
यो साता पनि निरन्तर शेयर घटिरहेको छ । आज नेप्से ३८.४५ अंकले घटेर दुई हजार ७ सय ७६ दशमलव ६१ विन्दुमा रोकिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मंगलबार पनि नेप्से ५.९२ अंकले घटेर दुई हजार ८ सय १४ दशमलब ७४ विन्दुमा थियो ।
मंगलबार ५ अर्ब ३९ करोड ५६ लाख बराबर कारोबार भएको नेप्से बुधबार ४ अर्ब ३१ करोड ३१ लाख बराबरको मात्रै कारोबार भएको छ ।
केही दिनदेखि दुई कम्पनी लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य भने बढिरहेको छ ।
बुधबार पनि वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर प्रतिकित्ता १२१६.६० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४६३ रुपैयाँ पुगेको छ ।
त्यस्तै, पोखरा फाइनान्सको शेयरमूल्यमा भने सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
बुधबार अपी पावर कम्पनीको कारोबार भने बढेर १६ करोड ७७ लाख भन्दा बढी पुगेको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
प्रतिक्रिया