भारतबाट समातिएका फरार कैदी परियार कारागार चलान

दाङ । घोराही कारागारबाट भागेको एक महिनापछि पक्राउ परेका कैदी यमराज परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका परियार गत पुस ८ गते भागेका थिए ।
प्रहरीले उनलाई भारतको पन्जाबबाट पक्राउ गरेर कारागार प्रशासनले बुधबार अदालतमा बुझाएको थियो ।
दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी परियारलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
परियारको बयान र थुनछेकपछि मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए ।
कारागारका नाइकेसमेत रहेका परियारले कारागार भित्रै आर्थिक चलखेल गरेर भागेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
प्रेमिकाको हत्या मुद्दामा २० वर्ष कैद सजाय पाएका परियारले साढे ७ वर्ष कैद भुक्तान गरेका थिए ।
कानुनमा कैदी कारागारबाट भागेको खण्डमा कारागार ऐन २०१९ को दफा २४ को ३ मा पक्राउपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था रहेको छ ।















लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
113 individuals arrested under ‘special sweep operation’
सुनको मूल्य प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घट्यो
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया