आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा बर्मा

अर्घाखाँची । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा कृष्ण बर्मा चयन भएका छन् ।
अध्यक्ष झविन्द्र खनाल उपसचिवमा बढुवा भएसँगै रिक्त भएको पदमा निजामती कर्मचारी युनियन अर्घाखाँचीले बर्माको नाम सिफारिस गरेपछि बर्माले आज नै पदभार ग्रहण गरेका हुन् । आज नै पूर्व अध्यक्ष खनाललाई औपचारिक विदायीसमेत गरिएको छ ।
त्यस्तै नेपाल निजामती कर्मचारी संगठनबाट सिफारिस भएका हरिप्रसाद डुम्रेले उपाध्यक्षमा र युनियनबाटै सदस्यमा सिफारिस भएका नारायण दमासेले पनि आज नै पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष बर्माले निजामती कर्मचारीहरूको हक हितमा रहँदै अधिकतम रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
इमानदार शालीन अनि भद्र व्यक्तित्व खनालको नेतृत्वमा युनियनले जिल्लामा निकै उदाहरणीय काम गर्न सफल भएको थियो । खनालले करिब १ वर्ष आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको नेतृत्व गरेका थिए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया