भिजिट भिसाबाट उत्पन्न हुने समस्याबारे अध्ययन गर्न बन्यो समिति(विज्ञप्तिसहित)
१५ दिनभित्र प्रतिवेदन गृहमा पेस गर्नुपर्ने

काठमाडौं । भिजिट भिसा र त्यसबाट उत्पन्न हुने समस्याबारे अध्ययन गर्न गृह मन्त्रालयले समिति बनाएको छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा भिजिट भिसामा खाडी मुलुक गएर कठिनाइ भोगिरहेको सन्दर्भको विश्लेषण तथा भिसाबाट उत्पन्न समस्याबारे अध्ययन गर्न समिति गठन गरिएको हो ।
उक्त समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल प्रहरी, अध्यागमन विभाग तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड समेतका प्रतिनिधि छन्। श्रमिकहरू विदेशमा रहँदा भोगेका समस्या समाधान गर्ने लगायतका विषयमा पनि सुझाव सहितको प्रतिवेदन पेश गर्न भनिएको छ।
‘नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबई लगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेको सन्दर्भको विश्लेषण गरी भिजिट भिसा र सोबाट सृजित समस्याको विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेस गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको छ,’ मन्त्रालयले बुधबार जारी विज्ञप्तिमा भनिएको छ। प्रतिवेदन १५ दिनभित्र पेस गर्न भनिएको छ।

















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया