डा.साहमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारी चिकित्सक संघको माग
मेरोन्यूज
२०७८ माघ १३ गते १३:४८

काठमाडौं । सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।
बुधबार जनमत पार्टीका कार्यकर्ताले डा. साहमाथि आक्रमण गरेका थिए। उक्त घटनाप्रति चिकित्सक संघले विरोध गरेको हो।
संघले एक विज्ञप्ति जारी गदै , चिकित्सकलाई गाडीको झ्यालको सिसा फुटाएर ज्यान जान सक्ने गरी टाउको र अनुहारमा निर्मम घाउ चोट बनाउने कुकृत्यले हाम्रो समाजमा राजनीतिका नाममा व्याप्त रहेका असामाजिक तत्त्वहरूलाई नङ्ग्याएको उल्लेख छ ।
संघले आफूहरूका माग पूरा नभए विरोधका थप कार्यक्रम ल्याउने सरकारलाई चेतावनी दिएको छ ।

सम्बन्धित
















आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
50 missing as boat capsizes in Mediterranean
Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया