४० क्विन्टल जडिबुटीहित दुई जना पक्राउ
मेरोन्यूज
२०७८ माघ १३ गते १६:०१

जुम्ला । जुम्लामा संकलन पुर्जी र छुट पुर्जीविना लैजाँदै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ। पातारासी गाउँपालिका(३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा संकलन पुर्जी नभेटिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, ‘दुवै ट्याक्टरमा ल्याएको जडिबुटी नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयमा बझाइएको छ। ’
संकलन पुर्जी तथा छुट पुर्जीविना लैजाँदै गरेको ४० क्विन्टल सेतक चिनी जडिबुटी प्रहरीले कब्जा गरेको हो। चालकसहित दुबै ट्याक्टरलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया