सप्तरी जिल्लाको जनसंख्या सात लाख नाघ्यो

सप्तरी । सप्तरी जिल्लाको जनसंख्या ७ लाख ११ हजार ७ सय ५९ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले देखाएको छ। केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लामा घर संख्या १ लाख २४ हजार ३ सय २४ रहेको उल्लेख छ ।
जसमा परिवार संख्या १ लाख ५१ हजार २ सय ९१ रहेको छ जिल्लामा पुरुषको संख्या ३ लाख ५७ हजार ५ यस ७५ र महिलाको संख्या ३ लाख ५४ हजार १ सय ८३ रहेको तथ्यांकले देखाएको छ ।
सप्तरीका १८ स्थानीय तह मध्ये सबै भन्दा बढी जनसंख्या सप्तरी सदरमुकाम राजविराजमा नगरपालिकामा रहेको उल्लेख छ ।
राजविराजको कुल जनसंख्या ७१ हजार ९ सय ४६ उल्लेख छ। जसमा परिवार संख्या १५ हजार १ यस २१ रहेको छ । महिला ३६ हजार ९ सय ४२ र पुरुषको संख्या ३५ हजार ४ रहेको देखाइको छ ।
यसैगरी जनसंख्याको आधारमा कञ्चनरूप नगरपालिका दोस्रो रहेको छ । ५८ हजार ८ सय ८२ जनसंख्या कंचनरूप नगरपालिकामा रहेको उल्लेख छ ।
परिवार संख्या १२ हजार ६ यस ६२ रहेको छ । महिला २८ हजार ९ सय ४९ र पुरुषको संख्या २९ हजार ९ यस ३३ रहेको छ । यस्तै खड्क नगरपालिका जिल्लाको तेस्रो बढी जनसंख्या रहेको नगरपालिका कायम भएको छ । यो नगरपालिकाको जनसंख्या ५४ हजार १ सय ९३ रहेको छ ।












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया