सप्तरी जिल्लाको जनसंख्या सात लाख नाघ्यो

सप्तरी । सप्तरी जिल्लाको जनसंख्या ७ लाख ११ हजार ७ सय ५९ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले देखाएको छ। केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लामा घर संख्या १ लाख २४ हजार ३ सय २४ रहेको उल्लेख छ ।
जसमा परिवार संख्या १ लाख ५१ हजार २ सय ९१ रहेको छ जिल्लामा पुरुषको संख्या ३ लाख ५७ हजार ५ यस ७५ र महिलाको संख्या ३ लाख ५४ हजार १ सय ८३ रहेको तथ्यांकले देखाएको छ ।
सप्तरीका १८ स्थानीय तह मध्ये सबै भन्दा बढी जनसंख्या सप्तरी सदरमुकाम राजविराजमा नगरपालिकामा रहेको उल्लेख छ ।
राजविराजको कुल जनसंख्या ७१ हजार ९ सय ४६ उल्लेख छ। जसमा परिवार संख्या १५ हजार १ यस २१ रहेको छ । महिला ३६ हजार ९ सय ४२ र पुरुषको संख्या ३५ हजार ४ रहेको देखाइको छ ।
यसैगरी जनसंख्याको आधारमा कञ्चनरूप नगरपालिका दोस्रो रहेको छ । ५८ हजार ८ सय ८२ जनसंख्या कंचनरूप नगरपालिकामा रहेको उल्लेख छ ।
परिवार संख्या १२ हजार ६ यस ६२ रहेको छ । महिला २८ हजार ९ सय ४९ र पुरुषको संख्या २९ हजार ९ यस ३३ रहेको छ । यस्तै खड्क नगरपालिका जिल्लाको तेस्रो बढी जनसंख्या रहेको नगरपालिका कायम भएको छ । यो नगरपालिकाको जनसंख्या ५४ हजार १ सय ९३ रहेको छ ।
















काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया