शिवशक्ति उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु

काठमाडौं । अवैधरूपमा कीटनाशक औषधि उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक उद्योग प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले सिलवन्दी गरेको छ । विहिवार प्रशासनले उधोगमा सिलबन्दी गरी कारबाही प्रक्रिया सुरु गरेको हो ।
बाराको परवानीपुर–४ स्थित चैनपुरमा रहेको सो उद्योगले जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरेको पाइएपछि प्रशासनले सिलबन्दी गरेको जनाएको छ ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाईंको नेतृत्वमा खटिएको टोलीले विगत १२ वर्षदेखि अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरिरहेको विशेषरूपमा जानकारी आएपछि सिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।
आमउपभोक्तालाई ठगी गरेको र अवैधरूपमा उत्पादन गरेकाले त्यसको छानबिन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय चितवन भण्डाराले उक्त उद्योगको माघ १ गते रु नौ लाख ५० हजार मूल्य बराबरको अवैध कीटनाशक औषधिसहितको ट्रक नियन्त्रणमा लिएपछि अनुसन्धान गर्दा त्यसको अवैध कारोबारबारे प्रशासनमा जानकारी आएको बताइएको छ ।
सो ट्रकसहित सर्लाहीका सन्तोष शाहसहित तीन जनालाई भण्डारा प्रहरीले नियन्त्रणमा लिएको थियो । उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राययादवको लगानी रहेको र उनीहरु फरार रहेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया