चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विहिवार एक वक्तब्यमार्फत त्यस्तो अनुरोध गरेको हो ।
हालसम्म पनि गुनासो आइरहेको सन्दर्भमा तत्कालीन अवस्थामा चार्टर उडानमा बढी हवाई भाडा तिरेका यात्रुले आफ्नो पीरमर्का खुलाई पुनः गुनासो गर्न सक्नेगरी मन्त्रालयको आधिकारिक इमेल ठेगाना ष्लाय२तयगचष्कm।नय।लउ मा पठाउन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमणको पहिलो चरणमा नेपाल सरकारबाट बन्दाबन्दीको घोषणा भएपश्चात् अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो ।
सोपश्चात् यात्रु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडाभन्दा बढी लिएको भनी प्राप्त भएका विभिन्न गुनासोका आधारमा गुनासोको सम्बोधन गरी छानबिन गर्न मन्त्रालयले हवाई भाडादर छानबिन समिति, २०७८ गठन गरेको थियो ।
उक्त समितिले थप छानबिन गर्नुपर्ने भनी सिफारिस गरिएका विषयमा सम्बन्धित निकायलाई स्पष्टीकरण सोध्न र थप छानबिन गर्न यस मन्त्रालयमा पुनः छानबिन समिति गठन भएको पनि मन्त्रालयले जनाएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया