होण्डुरसमा पहिलोपटक महिला राष्ट्रपति

एजेन्सी । मध्य अमेरिकी देश होण्डुरसमा पहिलोपटक महिला राष्ट्रपति चयन भएकी छन् । पहिलो महिला राष्ट्रपति शियोमारा कास्त्रोले बिहीबार शपथ लिएकी हुन् ।
देशमा व्याप्त गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौति थपिरहेका बेला कास्त्रोले शपथ लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शपथ ग्रहण समारोहमा वामपन्थी नेतृ समेत रहेकी कास्त्रोले आफूले विभाजित र समस्याग्रस्त अवस्थामा रहेका बेला देशको नेतृत्व गर्न लागेको बताउँदै सामाजिक न्याय र पारदर्शितासहित काम गर्ने वाचा गरेकी छन् ।
६२ वर्षकी कास्त्रोले होण्डुरसमा समस्याका रुपमा रहेका लागुऔषध तस्करी गर्ने शक्तिशाली समूहहरुसँग लड्ने तथा गर्भपतन सम्बन्धी कानुनलाई खुकुलो बनाउने बताएकी छन् । तर उनकी पार्टी लिब्रे भित्रको विवादले ती वाचाहरु पूरा हुनेमा भने शंका छ ।
कास्त्रोका श्रीमान म्यानुएल जिलाया सन् २००६ देखि २००९ सम्म देशको नेतृत्वमा थिए । उनलाई कु मार्फत सत्ताबाट हटाइएको थियो ।
कास्त्रोले गएको नोभेम्बरमा भएको चुनावमा जित हाँसिल गरेकी हुन् । त्यसअघि दुईपटक चुनाव लडे पनि जित्न सकेकी थिइनन् ।















सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया