दुर्गमको कथा झल्काउने “नुनको भारी” सार्वजनिक

काठमाडौं । गीत संगीत ब्यवहारिक र जिवन्तत हुनुपर्छ । त्यसो भए त्यसले मान्छेको मन सजिल्यै छुन सक्छ । यस्थै कथा भाव झल्काउने गीतको भिडियोको पोष्टर सार्वजनिक भएको छ । त्यो भिडियो हो “नुनको भारी” ।
रेलको बाटो गीत लेखेर चर्चा कमाएका लेखक लेखराज गिरीको नुनको भारी नामक भिडियोको पोस्टर सार्बजनिक भएको छ ।
दुर्गम गाँउको बास्तबिकता चित्रण गरिएको नुनुको भारी नामक भिडियोमा त्यहाँको बस्तुस्थिती सहज चित्रण गरिएको अनुमान गर्न सकिन्छ।
समिक्षा फिल्म कम्पनीका अध्यक्ष अर्जुन डोटेलका अनुसार, नुनको भारीको भिडियो बनाउन सात लाख रुपैयाँ खर्च भएको छ ।
बादल थापा मगरको लय र स्वर रहेको गीतको भिडियो अर्काे साता माघ २१ गते सार्बजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
भिडियोमा रेलको बाटो गीतकै कलाकार लक्ष्मण देबकोटा र सरस्वती खत्रीको साथै बसन्त उदास, रुपचन्द्र बुढा, प्रकाश पहाडी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ।
बिनयराज पौडेलको निर्देशनमा १६ दिन लगाएर डोल्पामा छायांकन गरिएको उक्त भिडियो भिमसेन कल्याल ठकुरीले खिचेका हुन्। अनिस घर्तिले ड्रोन अपरेट गरेको भिडियोलाई पदम सुबेदीले सम्पादन गरेका छन् । त्यस्तै रङ संयोजन मिलन बिश्वकर्माले गरेका छ्न्।








चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
आज साेमवारकाे विदेशी मुद्राको विनिमयदर
२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
प्रतिक्रिया