जोर बिजोरलाई व्यवस्थित बनाउने विषयमा उपत्यकाका सिडीओहरुको बैठक बस्दै
मेरोन्यूज
२०७८ माघ १४ गते ११:२६

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरुको बैठक बस्दै छ ।कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न आज दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक बस्ने भएको हो ।
काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्ने विषयमा बैठक बस्न लागेको बताए ।
शनिवार नेपाल र मौरिसस बीचको फुटबल हुँदैछ । सो प्रतियोगितामा दर्शक पनि उपस्थित गराउने गरी अनुमति दिन अखिल नेपाल फुटबल संघले स्थानीय प्रशासनलाई आग्रह गरेको छ । प्रजिअ हरुको बैठकमा त्यसबारे पनि छलफल हुनेछ ।
सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया