आइतबार, पुष १३, २०८२

जोर बिजोरलाई व्यवस्थित बनाउने विषयमा उपत्यकाका सिडीओहरुको बैठक बस्दै

मेरोन्यूज २०७८ माघ १४ गते ११:२६

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरुको बैठक बस्दै छ ।कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न आज दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक बस्ने भएको हो ।

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्ने विषयमा बैठक बस्न लागेको बताए ।

शनिवार नेपाल र मौरिसस बीचको फुटबल हुँदैछ । सो प्रतियोगितामा दर्शक पनि उपस्थित गराउने गरी अनुमति दिन अखिल नेपाल फुटबल संघले स्थानीय प्रशासनलाई आग्रह गरेको छ । प्रजिअ हरुको बैठकमा त्यसबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया