गुर्जुधारा यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमन
लिखित फाइलहरुलाई डिजिटलाइजेशन गर्न मन्त्री दाहालकाे निर्देशन (भिडियोसहित)

काठमाडौं । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिएका छन् ।
शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन ििदएका हुन् । उनले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरुले अबका दिनमा ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताए ।
यातायात कार्यालयबाट तत्काल त्यो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेण्डर आह्वान गरेर लिखित फाइलहरु अनलाइनमा परिणत गर्नुपर्ने बताए । उनले यातायात कार्यालयमा अहिले चलिरहेको शैलीलाइ पनि रुपान्तरण गर्न आवश्यक रहेको भन्दै कार्यालयमा नयाँ प्रविधि भित्र्याएर जानुपर्ने बताए । उनले यातायात कार्यालयमा पैसा बुझ्ने कामले धेरै बिचौलियाको प्रवेश भएको भन्दै कार्यालयमा क्यासको कारोबार नै हुन नदिने गरी नयाँ सिस्टम बनाउने बताए ।
‘यो फाइल जुनरुपमा अस्तव्यस्त छ, यसले गर्दा केही समयपछि धेरै ठूलो समस्या आउँछ । यसलाई अब हामीले व्यवस्थित नगर्ने हो भने के हुन्छ होला हालत ? एकान्तकुनामा हिजो फाइलहरु हे¥यौं, बेहाल छ । त्यो भएर यसलाई डिजिलाइजेशन गर्ने क्रममा अलि ध्यान दिनुस् ’उनले भने,‘हाम्रो आफ्नै कार्यालयबाट त्यो अहिले सम्भव छैन । प्राइभेटलाई लिएर त्यसको व्यवस्थापन गरौँ । मन्त्रालयमा छलफल गरेर मन्त्रालयले टेण्डर गरेर प्राइभेटलाई निश्चित अवधि दिएर यसलाई व्यवस्थित गर्छौं । यो ढड्डा अहिले जुन रुपमा रहेको छ । यसले भोलि यही रुपमा रहे सबैलाई अपठेरो बनाउँछ । त्यसैले सिस्टम नै नयाँ बनाएर जाउँ । जस्तो यहाँ क्यास लिएर आउनु नपरोस् । यहाँ बुझ्ने काम भयो भने बिग्रिन्छ । क्यासको कारोबार कार्यालयभित्र एक पैसाको पनि नहुने बनाउनु पर्छ । १/२ जना बदमासले गर्दा अन्य इमान्दार कर्मचारीहरुले दोष पाइरहेका छन् ।’
उनले कार्यालयमा आउने सेवाग्राहीहरुलाई व्यवस्थित तरिकाबाट काम सम्पन्न गर्ने वातावरण मिलाउन पनि निर्देशन दिए ।


















बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया