डोटी अस्पतालका कार्यालय सहयोगी मृत भेटिए
मेरोन्यूज
२०७८ माघ १४ गते १४:४७

दिपायल । डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए ।
अस्पतालका सूचना अधिकारी भाटका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा शुक्रबार मृतावस्थामा फेला परेका हुन् ।
मृतक कोलीले जिल्ला अस्पतालमा परीक्षणका लागि ल्याइएका शवहरुको चिरफारको काम गर्दै आएका थिए ।
आफन्तहरु अहिलेसम्म नपुगेकाले उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।
सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया