महाकाली नदीबाट उद्धार गरिएका युवकको मृत्यु
मेरोन्यूज
२०७८ माघ १४ गते १५:११

कैलाली । महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो नुहाउनका लागि नदीमा गएका दार्चुलाको व्यास गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरको उद्धार गरी प्रहरीले अस्पताल भर्ना गरेको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए । ‘उद्धार गरी जिल्ला अस्पताल भर्ना गरेका थियौं,’ उनले भने, ‘अस्पतालले अहिले मृत घोषणा गरिसक्यो ।’
उनी महाकाली नदीमा बगेपछि स्थानीयबासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो ।
महाकाली नगरपालिका–४ मा कुँवर कोठा भाडामा लिएर बस्दै आएका थिए । कम्प्युटर सिक्नका लागि कुँवर ब्यासबाट खलंगा आएको प्रहरीले जनाएको छ ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया