महाकाली नदीबाट उद्धार गरिएका युवकको मृत्यु
मेरोन्यूज
२०७८ माघ १४ गते १५:११

कैलाली । महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो नुहाउनका लागि नदीमा गएका दार्चुलाको व्यास गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरको उद्धार गरी प्रहरीले अस्पताल भर्ना गरेको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए । ‘उद्धार गरी जिल्ला अस्पताल भर्ना गरेका थियौं,’ उनले भने, ‘अस्पतालले अहिले मृत घोषणा गरिसक्यो ।’
उनी महाकाली नदीमा बगेपछि स्थानीयबासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो ।
महाकाली नगरपालिका–४ मा कुँवर कोठा भाडामा लिएर बस्दै आएका थिए । कम्प्युटर सिक्नका लागि कुँवर ब्यासबाट खलंगा आएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
प्रतिक्रिया