रेल्वे कम्पनीका कर्मचारी आन्दोलित, जनकपुर कार्यालयमा तालाबन्दी

जनकपुर । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् ।
रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
जनकपुर कार्यालयले केही दिन अगाडि ज्वालादारीमा काम गर्ने १५१ जना कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राखेको थियो । रेल्वे कर्मचारी संघर्ष समितिका संयोजक मञ्जय गोइतले सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत रहेको अहिले आएर विना कारण आफूहरुलाई हटाएको विरोधमा कार्यालयमा तालाबन्दी गरिएको बताए ।
संयोजक गोइतले ज्वालादारीमा काम गर्ने कर्मचारी नहटान भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्रसमेत बुझाएको बताए । तर प्रमुख जिल्ला अधिकारी पौडेलले रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गरेको आरोप लगाए ।
कम्पनीका महाप्रबन्धक झाले ५५ जना नयाँ कर्मचारीलाई नियूक्त गरी पूरानो कर्मचारीलाई अवमूल्यन गरेर पुनः नयाँ तालिम दिन सञ्चालन गरेपछि पूराना कर्मचारीहरु आन्दोलित भएका छन ।
नेपाल रेल्वेलाई कानूनी तथा प्राविधिक कारण देखाएर जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासी सूचना निकालेर हटाएसँगै कर्मचारीहरु आफूहरूलाई पुनः समायोजन गर्न माग गर्दै कार्यालयमा तालाबन्दप् गरेका हुन ।
जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको छ ।
गत असोज ३ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल नेपालमा आए अहिलेसम्म ईनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ ।














मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया