विदेश श्रीमान भएका महिला भगाउँदै गर्दा धामी समातिए

बैतडी । महिलालाई भगाएर लैजाँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका–१ का ३२ वर्षीय मनोज धामी रहेका छन् । बिहीबार महिलासहित पक्राउ परेका उनलाई आज आफन्तको जिम्मा लगाइएको छ ।
मुद्दा दर्ता गर्ने सहमतिपछि आज धामीलाई आफन्तको जिम्मा लगाएको सिमार प्रहरी चौकीले जनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिने प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बताए ।
आरोपित धामीलाई २७ वर्षीय एक महिलालाई भगाएर लैजाँदै गरेको अवस्थामा बिहीबार राती साढे ११ बजे सेला भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको थियो ।
धामीले भगाएर लैजाँदै गरेको महिलाका आफन्तले प्रहरीलाई सूचना दिएपछि सिमार प्रहरीले जिपमा सवार दुबैलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको भोलिपल्ट शुक्रबार बिहान महिला र पुरुषका आफन्तलाई बोलाएर जिल्लामा मुद्दा दर्ता गर्ने सहमतिसहित आफन्तको जिम्मा लगाइएको हो ।
महिलालाई भने उनका ससुराको जिम्मा लगाएको र पुरुष धामीलाई उनका भाइ नातापर्ने एक व्यक्तिको जिम्मा लगाएको प्रहरी सहायक निरीक्षक कार्कीले बताए । शनिबार बिदा भएकोले आइतबार मुद्दा दर्ता गर्नेगरी दुवैलाई आफन्तको जिम्मा लगाएको उनले बताए ।
महिला र पुरुष दुवैका दुई–दुई सन्तान रहेका छन् । महिलाका श्रीमान् विदेशमा छन् ।

















काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
प्रतिक्रिया