बिहीबार, माघ १, २०८२

सत्ता गठबन्धनको बैठक अपरान्ह ४ बजे पुनः बस्ने

मेरोन्यूज २०७८ माघ १५ गते १२:२४

काठमाडौँ । सत्ता गठबन्धन दलको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे छलफल भएको हो ।

अपरान्ह ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा थप आवश्यक निर्णय गर्ने छ । स्थानीय तहको निर्वाचन मात्र नभई तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा समेत सत्तारुढ दलबीच छलफल भइरहेको छ ।

निर्वाचन आयोगले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु पर्ने गरी सुझाव दिएको छ । यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मागसमेत निर्वाचन गर्नु पर्ने रहेको छ ।

प्रतिक्रिया