श्रम क्षेत्रको व्यवस्थापन गर्न गम्भिर छुः मन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भिर भएर लागि परेको बताएका छन् ।
मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढने प्रतिवद्धता समेत व्यक्त गरे ।
नेकपा ९एकीकृत समाजवादी० निकट निजामती कर्मचारी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीहरुको समस्या समाधान हुनेगरी उनीहरुको सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि आफूले काम गरिरहेको पनि बताए ।
त्यस अवसरमा मन्त्री श्रेष्ठले कर्मचारीहरुको समायोजनपछि उत्पन्न समस्या समाधान गर्नेलगायतका काममा लागि सरकारले छिट्टै संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन ल्याउन लागेको पनि बताए ।

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया