‘विदेशमा जस्तो दुःख मनग्य आम्दानी हुन्छ’
काठमाडौँ । गाउँ छाडेर जापान जाने गलकोटे युवाहरूको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालनमा लागेका छन् । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेत आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थालेका हुन् ।
गाउँका युवाको लहैलहैमा जापान पुगेका उनी अहिले पसन गाउँमै फर्केर पेशा व्यवसायमा रमाउन थालेका हुन् । आठ वर्षअगाडि विद्यार्थी भिसामा जापान पुगेका उनले त्यहाँ विभिन्न दुःखकष्ट सहनु पर्यो । विदेशमा निकै दुःख गरेका उनले अहिले गलकोट–९ गल्याङमा व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् ।
उनले व्यवस्थित खोर बनाएर अहिले माउ बाख्रा र पाठापाठीको व्यवस्थापन गर्दै आएका छन् । व्यवसायी बस्नेतले प्रविधिक शिक्षा हासिल गरे पनि पेशा भने किसानको अँगालेका छन् । पोखरा इञ्जिनियरिङ कलेजबाट डिप्लोमा इञ्जिनियरिङ अध्ययन गरेका उनी पढाई र पेशा भन्ने विषय फरक भएको बताउँछन् ।
“पढाइ र पेशा भन्ने विषय हाम्रोजस्तो मुलुकमा नितान्त फरक छ, पढाइअनुसारको जागिरको ग्यारेन्टी छैन, दुःख गरेर पढ्यो, कि त विदेशिनुपर्छ कि अरु कुनै पेशा समात्नु पर्छ”, उनले भने, “ म इञ्जिनियर हुँ, यसअनुसारको जागिर पाउन मुस्किल पर्छ ।”
उनले गल्याङगाउँमा ६० लाख लगानीबाट बोयरजातका बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । उनको फार्ममा अहिले साना–ठूला गरी ३३ बाख्रा छन् । बाख्रापालनमा भविष्य खोजिरहेका ३२ वर्षीय बस्नेत डिप्लोमा इञ्जिनियरिङ अध्ययनपश्चात विदेश गएका थिए ।
फार्म स्थापना गरेको ठाउँ बाख्रापालनका लागि अति उपयुक्त छ र घाँसपातको राम्रो व्यवस्था भएको उनको भनाइ छ । उनले भने, “ विदेशमाजस्तो दुःख गाउँ गरे यहाँ पनि मनग्य आम्दानी गर्न सकिन्छ ।”
व्यवसायी बस्नेतले आफू सुरुमा साथीहरूको लहलहैमा लागेर जापान गएको जनाउँदै अब आफू गाउँमै उद्यमी बन्ने बताउँछन् ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
प्रतिक्रिया