तीन पालिकामा अस्पताल भवन निर्माण सुरु

काठमाडौँ । म्याग्दीका तीन स्थानीय तहमा बल्ल अस्पतालको भवन निर्माण सुरुआत भएको छ । जग्गा व्यवस्थापन, प्राविधिक तयारी र ठेक्का प्रक्रिया पूरा गरेर मंगला गाउँपालिकाको अर्मन हाडेभिरमा १०, अन्नपूर्ण गाउँपालिकाको दोबा र धवलागिरि गाउँपालिकाको ताकममा पाँच–पाँच शय्या क्षमताको अस्पतालको भवन बनाउन थालिएको हो ।
रघुगंगा गाउँपालिका १ बेगमा अस्पताल भवन बनाउने गाउँसभाको बहुमतका आधारमा निर्णय भएको एक वर्ष बिते पनि काम सुरु भएको छैन । मंगलाको ३५ कोठे दुईवटा भवन बनाउन नौ करोड ११ लाख आठ हजार ७२९ मा ठेक्का सम्झौता गरेको ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्शनले जग्गा व्यवस्थापनको काम सुरु गरेको छ ।
गाउँपालिकाका इञ्जीनियर सुजन पौडेलका अनुसार विसं २०७८ असार ९ गते ठेक्का सम्झौता भएको थियो । आगामी २०८० असार ९ गतेभित्र दुईवटा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । अन्नपूर्णको भवन निर्माणका लागि रबिना–अमित जेभीले विसं २०७८ वैशाख १७ गते पाँच करोड १२ लाख ६० हजारमा ठेक्का सम्झौता गरेको थियो । अन्नपूर्ण गाउँपालिकाका इञ्जीनियर ईश्वरबहादुर भण्डारीले विसं २०७९ असोजमा दुईतले भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको बताए ।
चार करोड ७९ लाख ४० हजार ३३४ मा धवलागिरिको ताकममा पाँच शय्या क्षमताको अस्पतालको १६ कोठे दुईतले भवन बनाउने ठेक्का लिएको बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले डिपिसी लेबलको ढलान सकेको छ । धवलागिरि गाउँपालिकाका इञ्जीनियर सोबिन जिसीले २०७९ असार १५ गतेभित्र दुईतले १६ कोठे भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको सबै भवन अपाङ्मैत्री हुने छन् । भवन निर्माण भएपछि ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने जनप्रतिनिधिहरुले बताएका छन् ।
मालिकाको केन्द्र दरबाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्ने तयारी भएको छ । सदरमुकामस्थित बेनी नगरपालिकामा जिल्ला ५० शय्या क्षमताको बेनी अस्पताल छ । प्रदेश सरकारमातहतको सो अस्पतालको सङ्घीय सरकारले ५० शय्या क्षमताको भवन निर्माण सुरु गरेको चार वर्षसम्म पनि पूरा भएको छैन ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया