बिहीबार, माघ १, २०८२

४ वर्षीय बालिका बलात्कृत, बालक पक्राउ

मेरोन्यूज २०७८ माघ १६ गते १२:४८

कैलाली । कैलालीमा ४ वर्षीय बालिकामाथि जबजस्ती करणी गरेको आरोपमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ । मोहन्याल गाउँपालिका ७ की ४ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा स्थानीय १४ वर्षीय बालक पक्राउ परेका हुन् ।

बालिकाको परिवारले जाहेरी दिएपछि बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

‘बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाइएका छौँ ।’

प्रतिक्रिया