मोरङमा थपिए ६६ हजार मतदाता

काठमाडौँ । मोरङमा ६६ हजार ६८० मतदाता थपिएका छन् । विसं २०७५ वैशाखदेखि २०७८ पुस मसान्तसम्म उक्त संख्यामा मतदाता थपिएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार महिला ३१ हजार १८०, पुरुष ३५ हजार ४९६ र तेस्रो लिङ्गी चार जना थपिएका छन् । जिल्लामा २०७४ मा सम्पन्न संसदीय र प्रदेश निर्वाचनका बखत महिला तीन लाख १८ हजार ७७५, पुरुष तीन लाख २६ हजार पाँच र तेस्रो लिङ्गी दुई मतदाता थिए ।
आयोगको कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय उर्लाबारी र इलाका प्रशासन कार्यालय रङ्गेलीमा फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो । विसं २०७७ चैत ५ गतेदेखि २०७८ पुस ३० गतेसम्म महिला २० हजार ८१२, पुरुष २३ हजार ४३४ र तेस्रो लिङ्गी चार जनाले मतदाताका रुपमा नाम दर्ता गराएका छन् ।
आयोगले मतदाता नामावली विशेष संकलन कार्यक्रमअन्तर्गत मोरङका १४ स्थानीय तहमा २०७७ मंसिर १७ देखि पुस १८ गतेसम्म सात टोली खटाई नामावली संकलन गरिएको थियो । सो अवधिमा पुरुष १६ हजार २० र महिला सात हजार ५७८ थपिएका थिए ।
निर्वाचनको मिति घोषणा नभएसम्म मतदाता नामावली संकलन जारी रहने अधिकारीले जानकारी दिए ।















सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया