कुनै पनि बाहनामा चुनाव पर नधकेल्न बारको चेतावनी

काठमाडौं । नेपाल बार एसोसिएसनले कुनै पनि हालतमा निर्वाचनमा पर नधकेल्न चेतावनी दिएको छ ।
बारका महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा चुनाव पर नधकेल्न पनि चेतावनी दिएका हुन् ।
संविधान र प्रचलित निर्वाचन कानुनका आधारमा तीनै तहको चुनाव हुनुपर्ने बारको निश्कर्ष छ ।
‘कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ’, पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विधिको शासन, मानव अधिकार, स्वतन्त्र, सक्षम, निष्पक्ष न्यायपालिका, लोकतन्त्र, संवैधानिक सर्वोच्चता, पारदर्शी र जवाफदेही सरकार, बालिग मताधिकार, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा कानून व्यवसायीको हक, हितको सम्बर्द्धन र प्रवद्र्धनको पक्षमा एसोसिएसन रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

















बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया