सोमबार, पुष १४, २०८२

ब्राउन सुगरसहित युवा पक्राउ

मेरोन्यूज २०७८ माघ १८ गते ७:४७

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका ८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो ।

सोमबार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको सवारी साधन म्याजिक रोकी जाँच गर्ने क्रममा परियार र ओलीको साथमा तीन ग्राम ४६० मिलीग्राम ब्राउन सुगर भेटेपछि पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक जीवानन्द दाहालले जानकारी दिए ।

उनका अनुसार दुवैलाई भेरीगंगा नगरपालिका १० तोलीखोला प्रहरी चेकपोष्ट नजिकै सार्वजनिक पक्की सडक जाँच गरिएको थियो । बरामद ब्राउन सुगरसहित प्रतिवादी परियार र थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा राखेर अनुसन्धान थालिएको प्रहरी सहायक निरीक्षक दाहालले बताए ।

प्रतिक्रिया