शुक्रबार, वैशाख २५, २०८३

द्वितीय श्रेणीका कर्मचारीहरुलाई प्रथम श्रेणीको सहसचिव सरह बढुवा

मेरोन्यूज २०७८ माघ १८ गते १६:१७

काठमाडौं । सरकारले लोकसेवा आयोगले गरेको सिफारिसका आधारमा राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीलाई प्रथम श्रेणीमा सहसचिव सरह बढुवा गर्ने निर्णय गरेको छ ।

लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीहरुलाई राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढ्वा नियुक्ति गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Advertisement
NiccNicc

यस्तै, मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया