थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण, नौ जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ १८ गते १७:०९

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५८३ कोरोना संक्रमित थपिएका छन् ।
देशभरका विभिन्न प्रयोगशालामा १७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा र ६ हजार ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५२ पुगेको मन्त्रालयको अध्यावधिक विवरणमा उल्लेख छ ।
सोही अवधिमा ८ हजार २६७ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया