भारतमा घट्दै कोभिड संक्रमित
मेरोन्यूज
२०७८ माघ १९ गते १२:१५

नयाँदिल्ली । भारतमा कोभिड संक्रमण निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६७ हजार नयाँ संक्रमित देखिएका छन् । यो अघिल्लो दिनको तुलनमा २० प्रतिशत कमी हो ।
मंगबार २ लाख नौ हजार नयाँ संक्रमित देखिएका थिए । अहिलेसम्म भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड १४ लाख नाघेको छ । पछिल्ला साता संक्रमण क्रमिक रुपमा घटे पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट एक हजार १९२ जनाको मृत्यु भएको छ । कोभिडबाट सबैभन्दा बढी केरलामा मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा केरलामा ६३८ जनामा संक्रमण देखिएको छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सरकारले खोप अभियान पनि तीव्र पारेको छ । भारतमा अहिलेसम्म ७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् ।
सम्बन्धित
















Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
फिलिपिन्समा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, २८ बेपत्ता
सुदूरपश्चिममा १२ पूर्वमन्त्री चुनावी मैदानमा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया