बालुवाटारमा देउवा,प्रचण्ड र नेपालबीच भेटवार्ता
मेरोन्यूज
२०७८ माघ १९ गते १३:१५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच केही समयदेखि बालुवाटारमा छलफल जारी रहेको स्रोत बताउँछ । स्रोतका अनुसार स्थानीय तह चुनाव, एमसिसीलगायत विषयमा छलफल भएको छ । उक्त छलफलमा गृहमन्त्री बालकृष्ण खाण र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन्।
प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग जेठ ४ मा स्थानीय चुनाव गर्ने बताएका थिए। प्रधानमन्त्री देउवाले उक्त आयोगको पदाधिकारीहरुले राखेको प्रस्ताबका विषयमा अब बस्ने मन्त्रिपरिषद बैठकमा छलफल गरेर स्थानीय चुनावको मिति तोक्ने बताएका थिए । । पछिल्लो समय एमसिसी संसदमा पेश गर्ने विषयलाई लिएर राजनीति तरंगित भएको छ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया